नियम ३२
नेपाल सरकारले निकुञ्जको हितको लागी सेवा संचालन गर्न गराउन सक्ने

(१) निकुdञ्जको हितको लागि नेपाल सरकारले निकुञ्जभित्र होटल, लज, छाप्रो, सार्वजनिक यातायात वा यस्तै किसिमको अन्य सेवा वा सुविधाको व्यवस्था आफैं वा अन्य व्यक्तिसित करार गरी संचालन गर्न गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अन्य व्यक्तिबाट सेवा संचालन गराउँदा नेपाल सरकारले आवश्यकता अनुसार त्यसको शर्त तोक्न सक्नेछ ।

(३) यो नियमावली लागू हुनु भन्दा अघिदेखि निकुञ्जभित्र संचालन भएका होटल, लज, रेष्टुराँ वा चिया पसलको मालिकले यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र यस नियमावली बमोजिम नेपाल सरकारसँग करार गर्नु पर्नेछ ।